दफा १५९
नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने
(१). प्राधिकरणले आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र देहाय बमोजिमको विवरण समावेश भएको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ:-

(क) आफ्नो काम कारबाही र अघिल्लो आर्थिक वर्षभरिमा भए गरेका काम र उपलब्धि सम्बन्धी विवरण, (ख) मुलुकको बीमा व्यवसाय सम्बन्धी समग्र स्थिति, (ग) वार्षिक बीमा नीति अनुरूपका उपलब्धीको विवरण, (घ) बीमा क्षेत्रमा गर्नु पर्ने सुधारका उपायहरू । (२) उपदफा (१) बमोजिमको प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गर्नेछ।